मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज (बुधबार) साँझसम्मै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज रातिदेखि नै देशका अधिकांश जिल्लामा निरन्तर वर्षा भइरहेको छ।
त्यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति नै एसएमएस पठाइएको थियो।
कैलाली,कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ। यसबाट स्थानीय कान्द्रा, मोहना, खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
यस्तै कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय होचा डुबान भइरहने क्षेत्रमा बिहान १०बजे सम्म विषेश सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९, २०:५१:००