अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर १७ वर्षीय विनोद शाही मृत्यु-प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको छ।
अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ।
मृतक शाहीका आफन्त तथा स्थानीय सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए।
शाहीको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरूद्ध किटानी जाहेरी दिएको थियो।
मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्।
आराेप लागेका ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।
शाही गत जेठ २१ गते बिहान गाउँ नजिकै जंगलमा मृत फेला परेका थिए।
घटनापछि मृतक आफन्तले सत्यतथ्य हत्याराकाे पत्ता लगाई आफूहरूलाई न्याय दिनुपर्ने माग गर्दै आएका छन्।