चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्माण चौधरीले नयाँ बजेट निर्माण प्रक्रियामा आफूहरूको कुनै चासो र सरोकार नरहेको बताएका छन्।
सञ्चार माध्यम र सामाजिक सञ्जालमा चौधरी ग्रुपलाई जोडेर विभिन्न कुरा आएकोले त्यसतर्फ आफूहरूको गम्भीर ध्यानाकर्षण भएको चौधरीले बताए।
‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहन्छौं,’ चौधरीले भने, ‘यस मामिलामा हाम्रो संलग्नताका बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति हामी खेद व्यक्त गर्दछौं।’
उनले चौधरी ग्रुपलाई लगाएको आरोपको पुष्टि गर्न पनि चुनौती दिएका छन्। साथै यसबारे सत्यतथ्य छानबिन गर्न पनि माग गरेका छन्।
‘यस मामिलामा हाम्रो संलग्नता कहीँकतै पुष्टि भएमा हामी कारबाही भोग्न तयार छौं। र यदी हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ,’ ट्वीट गर्दै निर्माणले भनेका छन्।