नेपाल प्रहरीका ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरूवा भएको छ।
बुधबार प्रहरी प्रधान कार्यालयले ६ जना एसएसपीको सरूवा गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा एसएसपी भरत बोहरालाई पठाइएको छ। उनी यसअघि प्रहरी प्रधान कार्यालयन नक्सालमा कार्यरत थिए।
सुदीप गिरी डिआइजीमा बढुवा भएसँगै उनलाई काठमाडौंमा सरूवा गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईलाई पठाएको छ। बसन्त कुँवर डिआइजीमा बढुवा भएपछि कार्यालयमा प्रमुख पद खाली थियो।
यस्तै, अपराध अनुसन्धान विद्यालयमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा रहेका विष्णुकुमार केसीको सरूवा भएको छ।
लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल, विपद् व्यवस्थापन कार्यालयमा कुँवेर कडायत र मानव बेचबिखन अनुसन्धान ब्युरोमा अनुराग द्विवेदीको सरूवा भएको हो।