डडेल्धुराबाट डाेटीस्थित सेती नदीमा मलामी गएका युवक नदीमा बेपत्ता भएका छन्।
बुधबार डडेल्धुराको अमरगढी नगरपालिका-६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका थिए।
उनीहरू डोटीको शिखर नगरपालिका गोबीघाटमा मलामी गएका थिए।
सेती नदीकाे शव जलाउने ठाउँबाट नुहाउने क्रममा उनीहरू दुबै बगेका थिए।
नदीमा बगेकामध्ये विनाेदकाे सकुशल उद्दार गरिएको छ।
अर्का युवक वीरेन्द्र भने बेपत्ता नै रहेकाेले खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ।