बझाङमा सडकमाथिबाट ढुंगा खस्दा हिँडिरहेकी वृद्धाको मृत्यु भएको छ।
बुधबार जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिकाको रायलमा सडकमाथिबाट आएको ढुंगा लागेर गाउँपालिका–१ रायल चौडालाकी ७० वर्षीया पुतली देवी मल्लको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।