आज मंगलबार सुदूर पश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।
देशभर आंशिक देखि सामान्य बदली रहेको अवस्था छ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार मंगलवार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै आजै गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका स्थानमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बुधबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।