काठमाडौं उपत्यकामा मात्रै ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३०४ जना, भक्तपुरका २१ जना र ललितपुरका ७२ जना छन्।
देशध ६ हजार ३०० जनाको परिक्षण गर्दा ३९७ जनामा संक्रमण पुष्टि भएको हो। २९५८ जनाको पिसिआर र ३३४२ जनाको एन्टिजेन परिक्षण गरिएको थियो। ४३८ कोरोना संक्रमित निको समेत भएका छन्।
पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। अहिले देशभर ५८६२ जना सक्रिय संक्रमित छन्।