नेपाल प्रहरीका १३१ जना प्रहरी नायब उपरीक्षकको सरूवा र ३४ जनाको पदस्थापन भएको छ।
मंगलबार प्रहरी प्रधान कार्यालयले १३१ जना डिएसपीको सरूवा गरेको हो।
डिएसपी अंगुर जिसीलाई प्रहरी वृत्त महाराजगन्जमा सरूवा गरेको छ।
अनिशकुमार कर्णलाई प्रहरी वृत्त मालीगाउँमा, अमरबहादुर थापा क्षेत्रीलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालमा, इकबाल हवारीलाई प्रधान कार्यालय कार्य विभाग कार्य शाखा नक्साल र इन्द्रप्रसाद सुवेदीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनहुँमा सरूवा गरेको छ।
उद्धवसिंह भाटलाई प्रहरी विपद् व्यवस्थापन कार्यालय कार्य/परिचालन शाखा सामाखुसी, उमा शंकरप्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर अपराध अनुसन्धान सहायता शाखा र उमेश लम्साललाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अपराध अनुसन्धान सहायता शाखामा सरूवा गरेको हो।
यसैगरी प्रधान कार्यालयले हालै प्रहरी निरीक्षकबाट बढुवा भएका प्रहरी नायब उपरीक्षकको पनि पदस्थापन गरेको छ।
होमबहादुर थापालाई प्रधान कार्यालय कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्साल, दीपेन्द्रकुमार पाललाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र किरणप्रसाद न्यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पिलर २ मा पदस्थापन गरिएको हो।
केशरबहादुर कार्कीलाई नेपाल प्रहरी पहरा गण सामाखुसी र दुदिमाया लामालाई नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपामा पठाएको छ।
सरूवा सूची:
पदस्थापन सूची: