तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
बिहीबार बा ४ ख ९९९९ नम्बरको माइक्रो दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
माइक्रो दमौलीबाट पोखरातर्फ जाँदै थियो। माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किएको हो। माइक्रो पुलबाट १५ फिट तल खसेको थियो।
प्रहरी नाउब उपरीक्षक खड्काका अनुसार बिहान तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेस्थित सम्धी खोलाको पुलमा माइक्रो अनियन्त्रित भई खस्दा दुर्घटना भएको हो।
१५ घाइतेमध्ये ७ जना सामान्य उपचारपश्चात डिस्चार्ज भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।
बाँकी ८ घाइतेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।