झापाकाे मेचीनगरमा बसकाे ठक्करबाट एक जना पैदलयात्रीकाे ज्यान गएकाे छ।
वागमती प्र. ०३-००१ ख १६०२ नम्बरको बसले बिहीबार बिहान मेचीनगर नगरपालिका-६ स्थित सडकमा ठक्कर दिँदा साेही ठाउँका चेतनाथ फुँयालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।
बाटाे क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका फुयाँलकाे बीएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसाे ज्यान गएकाे हाे।
बस र बसका चालक गौरिगन्ज गाउँपालिका-४ का २४ वर्षीय प्रकाश कार्कीलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टाले नियन्त्रणमा लिएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।