बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
शनिबार बिहान सवा ७ बजे महागढीमाई नगरपालिका-२ इनरवामा बस्ने एक पुरूषको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
सोही नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो।
उनी चनरदेव भगतको धान खेतमा पानी हाल्न मोटर जोड्दै थिए।
मोटरमा तार जोड्ने क्रममा करेन्ट सर्ट भएर उनलाई करेन्ट लागेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
सो खबर पाएपछि प्रहरीको टोली खटिएर अनुसन्धान अघि बढाएको थियो।