ललितपुरको ठेंचोमा एक पुरूषको शव फेला परेको छ।
गोदावरी नगरपालिका वडा नम्बर १२ ठेंचोमा सोमबार बिहान करिब ६ बजे खेतबारीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
मृतक सोही ठाउँमा बस्ने ३० वर्षीय राजेन्द्र देसार हुन्। उनको शव घोप्टो परेको अवस्थामा फेला परेको भारतीले बताए।
बिहान शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए।
पोष्टमर्टमका लागि शव ललितपुरको पाटन अस्पताल पठाइएको छ।
प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।