रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो करिब ३ बजे भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो।
साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।
उनकाअनुसार दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो। मृतकको सनाखत भइसकेको छैन।
‘घटनास्थलमा प्रहरी पुगिसकेको छ,’ उनले भने। घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको उनले बताए।
काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको डिएसपी डाँगीले बताए।
बस एक सय मिटर तल खसेको डिएसपी डाँगीले जानकारी दिए।