कलाकार राजु मल्होत्रा मृत फेला परेका छन्।
बुटवलको देवीनगरस्थित आफ्नै निवासमा शुक्रबार राति २ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय समेत गरेका छन्।
मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको छ।
घटनाबारे अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।