रूपन्देहीमा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
बुटवलमा भएको दुर्घटनामा ४० वर्षीय महिलाको र तिलोत्तमामा भएको दुर्घटनामा २३ वर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्ग अन्तरगत तिलोत्तमाको ड्राइभरटोल नजिकै शुक्रबार राति पौने ११ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा बुटवल शुख्खानगरका २३ वर्षीय सायमन मल्लको ज्यान गएको प्रहरीले जनाएको छ।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति पौने ११ बजे सडकमा बसेका गाईसँग ठक्कर खाएको थियो।
बुटवलबाट भैरहवातर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि सवार मल्ल गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते मल्लको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
शुक्रबार साँझ पौने ६ बजेतिर बुटवल-१२ मिलनपार्क नजिकै बोलेरो गाडीको ठक्करबाट एकजना महिलाको मृत्यु भएको थियो।
ट्राफिक प्रहरीका अनुसार नम्बर नखुलेको बोलेरो जिपको ठक्करबाट स्थानीय ४० वर्षीया विष्णु पौडेलको मृत्यु भएको हो।
गाडीको ठक्करबाट गम्भीर घाइते पौडेलको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएपनि साँझ साढे ७ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको जिपले ठक्कर दिएपनि जिपको पहिचान भने खुलेको छैन। महिलालाई ठक्कर दिएपछि फरार रहेको जिपको खोजी कार्य जारी रहेपनि अहिलेसम्म पत्ता लगाउन नसकिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।