सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।
आजको शृंखलामा हामीले असोज २२ देखि असोज २८ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।
हेर्नुहोस् तस्बिरहरू:
स्वयम्भु परिसरमा रहेको एक बुद्ध मुर्तिमा रंग लगाउँदै कामदारहरु। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
प्रतिनिधि सभा निर्वाचनमा आफ्नो उम्मेदवारी पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता गगन थापा। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
ललितपुरको भैसेपाटीस्थित खेतमा धान निफन्दै गरेकी एक महिला। यतिबेला धान पाकेपछि किसानहरूलाई धान भित्र्याउने चटारो छ। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
गोरखाको दरौदी नदी र भुसुन्डे खोलाको दोभान सँगै देखिएको फाँट। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको हाँडीगाउँमा दशैंको कोजाग्रत पूर्णिमाको भोलिपल्ट निकालिने एउटा जात्रा। जुन जात्रालाई कहीँ नभएको जात्रा हाडी गाउँमा भनेर पनि भनिन्छ। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
लघु वित्तीय संस्थाहरूको ज्यादतीको विरुद्ध काठमाडौँमा निस्किएको विरोध र्यालीमा सहभागी एक महिला। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
पाटन दरवार परिसरमा ‘६७ औं प्रहरी दिवस २०७९ को उपलक्ष्यमा आयोजित प्रहरी व्याण्ड डिस्प्ले कार्यक्रम’ मा आफ्नो प्रस्तुति राख्दै नेपाल प्रहरी। तस्विर: निशा भण्डारी/ सेतोपाटी

तिहार नजिकिदै गर्दा भक्तपुर पोटरी स्क्वाएर परिसरमा दियो बाल्न बनाइएको पाला सुकाउन लैजाँदै एक महिला। तस्बिर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङ। ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएपछि बिलौना गर्दै।