काठमाडौंको गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-४ भगवतीस्थानस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.९ च ३३८२ नम्बरको कार र प्र-१-०२-००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौंको कपनस्थित मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो।
दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।