काठमाडौंको हनुमानढोकामा एक पुरूष मृत फेला परेका छन्।
मंगलबार काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि अन्दाजी ५५ वर्षीय पुरूष मृत फेला परेका हुन्।
सडकमा बस्ने उनको हाल नाम, थर, वतन नखुलेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटना शंकास्पद छैन। उनको मृत्युको कारण भने खुलिसकेको छैन। चिसोका कारणले पनि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।