काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएको छ।
नमोबुद्ध नगरपालिका-७ भकुण्डेबेँसीस्थित २० किलोमा बा २ ख ७३४२ नम्बरको रेम्बो यातायातको बसले बालिकालाई ठक्कर दिएको हो।
बिहीबार दिउँसो साढे ३ बजेतिर उक्त दुर्घटना हुँदा सोही ठाउँकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले जानकारी दिए।
बसले ठक्कर दिएपछि चालक घटनास्थलबाट भागेका थिए।
चालक भागेपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्।
आगो अहिले नियन्त्रणमा लिइसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।