काठमाडौंमा पछिल्लो समय ट्राफिक जामको समस्या बढ्दै गएको छ। विशेषगरी बिहान र साँझ कार्यालय समय आसपास काठमाडौंका मुख्य सडक तथा चोकहरूमा सवारीसाधनको चाप अत्यधिक हुने गरेको छ।
न्युरोड, सहिदगेट, माइतीघर, थापाथली लगायतका क्षेत्रमा नियमितजसो ट्राफिक जाम हुने गरेको छ। ललितपुरतर्फ कुपन्डोल, पुल्चोक लगायतका सडकमा पनि कार्यालय समयमा सवारी चाप बढ्ने गरेको छ।
यसबीच काठमाडौंमा भइरहेको बेमौसमी वर्षाले पनि सडकमा सवारी आवागमन थप प्रभावित हुने गरेको छ।
पानी परेका बेला सडकमा सवारीको गति सुस्त हुँदा छोटो दूरी पार गर्न पनि लामो समय लाग्ने गरेको छ।
चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा आवतजावत गर्ने सवारीसाधनको संख्या बढेकाले पनि मुख्य सडकमा चाप थपिएको देखिन्छ।
मंगलबार साँझ काठमाडौंमा ठूलो वर्षा भयो। साँझ पर्दै जाँदा वर्षासँगै काठमाडौंका मुख्य सडकमा सवारीसाधनको चाप झनै बढेको देखिन्थ्यो। अधिकांश चोकमा सवारीसाधनको लामो लाइन लागेको थियो।
रात पर्दै जाँदा पनि काठमाडौंका मुख्य सडकमा ट्राफिक व्यवस्थापन सहज हुन सकेको थिएन। कार्यालयबाट घर फर्किने यात्रु तथा सवारीसाधनको चापका कारण सडकमा लामो समयसम्म जाम देखिएको थियो।
काठमाडौंका मुख्य सडकमा देखिएको ट्राफिक जामका केही तस्बिरहरू —
-1791353691.jpg)
-1791353691.jpg)
-1791353691.jpg)
-1791353691.jpg)
-1791353691.jpg)
-1791353690.jpg)
-1791353690.jpg)
-1791353690.jpg)
-1791353690.jpg)