सडक र विद्युत्लाई पहिलो प्राथमिकता दिँदै टेम्केमैयुङ गाउँपालिकाको प्रथम गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिकाको पूर्वाधार निर्माणअन्तर्गत सडक र विद्युतलाई पहिलो प्राथमिकतामा राखी गाउँसभाले बजेट विनियोजन गरेको छ । गाउँसभाले सडकमा पाँच करोड ९ लाख सत्तरी हजार रुपैयाँ, विद्युतमा एक करोड ३८ लाख ३० हजार रुपैयाँ र गाउँपालिका स्तरीय मध्यम तथा साना पूर्वाधारमा एक करोड पचहत्तर लाख रुपैयाँ बजेट विनियोजन गरेको टेम्केमैयुङ गाउँपालिका–५ खावाका वडाअध्यक्ष सुनिल राईले जानकारी दिए ।
गाउँपालिकालार्ई यस आर्थिक वर्ष २०७४/७५ का लागि कुल २७ करोड ६४ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । गाउँसभाले गाउँपालिकाको नाम यसअघिको ट्याम्केमैयुमलाई संशोधन गरी ‘टेम्केमैयुङ’ नामाकरण गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । गत भदौ ५ गतेदेखि सुरू भएको परिषद् बिहिबार सकिएको हो । रासस