आगामी शनिबारदेखि काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा विदेशी कमेन्टेटर आउने भएका छन्।
त्रिवि क्रिकेट मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको विजेता ट्रफी सार्वजनिक कार्यक्रममा विदेशी कमेन्टेर आउने जानकारी गराइएको हो।
यसअघि बुधवार मात्र आयोजकले ६ जना चियर्स लिडर्स सार्वजनिक गरेको थियो ।
आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपिएलमा ६ टोलीले प्रतिस्पर्धा गर्ने निर्देशक आमिर अख्तरले जानकारी दिए।
प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखराले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ले मान्यतासमेत दिइसकेको छ ।
मंसिर २२ मा साविकको विजेता पारस खड्काको टोली विराटनगर वारियर्शले ज्ञानेन्द्र मल्लको टोली ललितपुर प्याट्रियोट्ससँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछन्।
सोमपाल कामीको काठमाडौं किंग्स एल्यावेन, शरद भेषावकरको भैरहवा ग्लाडियटर्स, शक्ति गौचनको पोखरा राइनोज् र दीपेन्द्रसिंह ऐरीको चितवन टाइर्गस प्रतियोगितामा सहभागी छन्।
प्रतियोगिताको उपाधि पुस ७ गते छिनोफानो हुनेछ।
जारी संस्करणमा फ्रेन्चाइजी टोलीहरुले राम्रा विदेशी खेलाडीहरु अनुबन्ध गरेका कारण प्रतियोगिता प्रतिक्षित बन्नुका साथै प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।