थाइल्यान्डमा सम्पन्न थाइल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ।
घरेलु टोलीसँग शनिबार फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाली टिम आइतबार दिउँसो थाई एयरवेजबाट नेपाल आइपुगेको हो।
घरेलु टोलीसँगको हारले पहिलो अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको १८ सदस्यीय नेपालको महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप, क्रिकेटका शुभचिन्तकले स्वागत गरे।