शनिबार वानखेडें रंगशालामा सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ् गर्दै मुम्बईले राजस्थानलाई १८८ रनको बलियो लक्ष्य दिएको थियो, जसलाई राजस्थानले ३ बल बाँकी छँदै ६ विकेटको नोक्सानीमा हासिल गर्यो।
राजस्थानको जितमा जोस बटलरले ४३ बलमा ८ चौका तथा ७ छक्का प्रहार गर्दै ८९ रन जोडेका थिए। यस्तै अंजिक्य रहाणेले २१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३७ बनाए।
त्यसअघि पहिले ब्याटिङ् गरेको मुम्बईले क्विंटन डी ककले ८१ रनको पारीमा २० ओभर खेल्दै ५ विकेट गुमाएर १८७ रनको स्कोर खडा गरेको थियो। अर्ध शतक बनाउने क्रममा डि ककले ५२ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै उसका लाहि अन्तिम बलमा हार्दिक पांड्याले ११ बलमा १ चौका तथा ३ छक्का प्रहार गर्दै नटआउट २८ रनको यिगदान दिएका थिए।
रास्थानका लागि जोफ्रा आर्चरले ३ विकेट लिदां धवल कुलकर्णी र जयदेव उवादकटले समान १-१ विकेट लिएका थिए।
यस्तै, मुम्बईका लागि मुम्बईका लागि कु्रनाल पान्ड्याले ३ तथा जसप्रित बुमराह २ र राहुल चाहरले १ विकेट लिए ।