आगामी महिना इंग्ल्याण्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
भारतीय क्रिकेट बोर्डले विराट कोहलीको कप्तानीमा सोमबार विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा कप्तान कोहलीसँगै उपकप्तान रोहित शर्मा, महेन्द्र सिंह धोनी, लोकेश राहुल, केदार जादब, कुलदीप यादब, हार्दिक पाण्ड्या, विजय शंकर, दिनेश कार्तिक, भुवनेश्वर कुमार र रबिन्द्र जडेजा छन् ।
यस्तै शिखर धवन, युजभेन्द्र चाहल, जसप्रित बुमराह र मोहमद शामी टोलीमा अटाएका छन्। अम्बाती रायडु र ऋषभ पन्तले टोलीमा स्थान पाएनन्।
यद्यपी भारतीय क्रिकेट बोर्डले विश्वकपका लागि घोषित टोली अस्थायी रहेको भन्दै बिसीसीआईले मे २३ सम्म यो टोलीमा केही परिवर्तन गर्नसक्ने जनाएको छ।
विश्वकपमा भारतको पहिलो खेल दक्षिण अफ्रिकाविरूद्ध जुन ५ मा खेल्नेछ।