पाँच पटकको विश्वकप क्रिकेट विजेता अस्ट्रेलियाले सोमबार आगामी इङ्ल्याण्ड विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ।
अस्ट्रेलियाले टोलीमा एक वर्षको प्रतिबन्ध काटेका डेविड वार्नर तथा स्टीवन स्मिथलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाएको छ। यस्तै यस विश्वकपमा उसले बलरहरूमा ज्यादा ध्यान केन्द्रित गरेको छ।
मे ३० बाट क्रिकेट विश्वकप सुरू हुँदैछ।
अस्ट्रेलियन टोलीको कप्तानी एरोन फिन्चले गर्नेछन्। उसको यस टोलीमा ६ ब्याट्सम्यान राखेको छ। एरोन फिन्च, डेविड वार्नर, स्टीव स्मिथ, उस्मान ख्वाजा, शान मार्श तथा ग्लेन म्याक्सवेलले अस्ट्रेलियाको ब्याटिङ लाइनअप सम्हाल्नेछन्।
यसमा म्याक्सवेल अलराउण्डर हुन्।
यस्तै टोलीमा ७ बलर अटाएका छन्। जेसन बेहरनडार्फ,नाथन कुल्टर-नाइल, प्याट कमिन्स, नाथन लायन, झाए रिचर्डसन, मिचेल स्टार्क तथा एडम जम्पा टोलीमा रहेका छन्। अस्ट्रेलियाको टोलीमा अलराउण्डर मार्कस स्टोइनिस र ग्लेनम्याक्सवेल भएकाले टोलीलाई वैकल्पिक बलरहरूको फाइदा छ।
यस अर्थमा टिममा ९ यस्ता खेलाडी छन् जो नियमित बलिङ गर्न सक्षम छन्।
यसका अलवा अस्ट्रेलियाको विकेटकिपिङको कमान एलेक्स कैरीलाई दिइएको छ। उनको विकल्पमा अर्को कुनै विकेटकिपर अस्ट्रेलियाले राखेको छैन। पिटर हैड्सकम्बले भारत भ्रमणका क्रममा ब्याटिङसँगै अस्ट्रेलियाका लागि राम्रो विकेटकिपिङ गरेका थिए। उनलाई नै टोलीको दोश्रा विकेटकिपरका रूपमा अनुमान गरिएको भएपनि उनले टोलीमा स्थान बनाउन सकेनन्।
राम्रा खेलाडीको उपस्थिति र प्रत्येक स्थानका लागि प्रतिष्पर्धा भएकाले १५ सदस्यीय टोली छनौट गर्न कठिन थियो। दुर्भाग्यवशः हालै भारत र युएईको भ्रमणटोलीमा सामेल पिटर हैन्ड्सकम्ब, एश्टन टर्नर तथा केन रिचर्डसनलाई विश्वकप टोलीमा ठाउँ भएन। उनीहरू सट्टामा स्मिथ, वार्नर तथा स्टार्कलाई टोलीमा सामेल गरिएको छ’,अस्ट्रेलियाका मूख्य चयनकर्ता ट्रेवर होंसले भने।
यस्तो अस्ट्रेलियाको टोलीः
ब्याटिङः एरोन फिन्च(कप्तान), डेविड वार्नर, स्टीव स्मिथ, उस्मान ख्वाजा, शान मार्श, ग्लेन म्याक्सवेल
बलरः जेसन बेहरनडर्फ, नाथन कुल्टर-नाइल, प्याट कमिन्स, नाथन लायन, झाए रिचर्डसन, मिचेल स्टार्क र एडम जम्पा
अलराउण्डरः मार्कस स्टोइनिस
विकेटकिपरः एलेक्स कैरी