युएई आगामी वर्षको जनवरीमा दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ विश्वकपमा छनोट भएको छ।
मलेसियामा जारी आईसीसी अन्डर-१९ विश्वकप छनोट (एसिया) प्रतियोगितामा अपराजित रहेको युएई ५ खेलमा शतप्रतिशत नतिजा निकाल्दै विश्वकपमा छनोट भएको हो।
यो सँगै युएई यु-१९ विश्वकपमा दोस्रो पटक छनोट भएको हो। यसअघि सन् २०१४ मा पहिलो पटक युएईले यु-१९ विश्वकप खेलेको थियो।
प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेलमा युएईले ओमानलाई फराकिलो अन्तरमा हराउँदै विश्वकपमा टिकट काटेको हो।
ओमानले दिएको १०६ रनको लक्ष्य युएईले मात्र १२.१ ओभरमा बिना कुनै विकेट क्षति पुरा गर्यो। युएईका लागि ओपनरद्वयले अर्धसतकीय इनिङ्स खेले।
फलस्वरूप नेपाल र कुवेतको नतिजा आउनु अगावै युएईले विश्वकपमा स्थान पक्का गर्यो।
सन् २००० देखि २००८ सम्म लगातार ५ संस्करण नेपालले लगातार यु-१९ विश्वकप खेलेको थियो भने त्यसपछि सन् २०१०, सन् २०१४ र सन् २०१८ पछि २०२० को यु-१९ विश्वकपमा छनोट हुन असफल रह्यो। लगातार दोस्रो पटक विश्वकप छनोट नभएको यो नै नेपालको इतिहासमा पहिलो हो।
युएईविरूद्धको दूर्भाग्य
प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेलमा बिहिबार नेपालले कुवेतलाई पराजित गर्नुपर्ने थियो भने अर्को खेलमा युएई अन्तिम खेलमा ओमानसँग पराजित हुनुपर्थ्यो।
तर कमजोर ओमानलाई युएईले सहजै हराउँदै विश्वकपमा स्थान बनायो।
प्रतियोगिताको मुख्य दाबेदारको रूपमा युएईसँगै नेपाललाई हेरिएको थियो। तर वर्षा बाधक भएको खेलमा युएईले नेपाललाई डी/एल मेथडमा १ रनले हरायो। सोहि हारनै नेपालको विश्वकप छनोटमा बाधा बन्न पुग्यो।
उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले २४७ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाएको थियो जुन बेला वर्षाले खेल रोकियो। उक्त समय युएईलाई खेल जित्न २० ओभरमा १२६ रन आवस्यक थियो।
युएईको ४.०६ रन प्रति ओभर रन बनाईरहेको अवस्थामा दबाबले तेश्रो विकेट गुमाएको थियो। नेपाल खेलमा हावी भैरहेको बेला परेको पानीले नेपालले खेल मात्र गुमाएन ४ वर्ष पछि अन्डर-१९ खेल्ने अवसर पनि गुमायो।
नेपालले प्रतियोगिताको त्यस बाहेक सम्पूर्ण खेल जित्न सक्यो। तर, वर्षाको कारण डी/एल मेथडमा नतिजा आउदा सबैभन्दा बलियो टिम हुँदा हुँदै पनि ठु"लो अवसरमा चुक्न पुग्यो।
यसअघिको संस्करणमा नेपाल अफगानिस्तानसँग पछि पर्दै छनोट हुन असफल भएको थियो।
नेपाल यु-१९ टिम जसले पाकिस्तान, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, आयरल्याण्ड, जिम्बाबे जस्तो टेस्ट रास्ट्रहरुलाई पराजित गरेको इतिहास छ।