आइतबार चेन्नई सुपर किङ्स विरूद्धको खेल विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्सले १ रनले जित्यो।
जितसँगै लिगमा सबैभन्दा खराब प्रदर्शन गरेर लिग तालिकाको पुछारमा रहेको बेङ्लोरले आफ्नो कठिन प्ले अफ यात्राको आशालाई अझै कायम गरिराखेको छ।
कोहलीले चेन्नईसँगको खेलमा धोनीको खेलबाट आफू डराएको खुलासा गरेका छन्।
धोनीले थुप्रै पटक असम्भवलाई सम्भव तुल्याएको इतिहासका कारण कोलही धोनीसँग डराएका थिए। सो खेल हारिन्छ भन्ने विराटलाई लागेको उनले खुलासा गरे।
जितका लागि चेन्नईलाई अन्तिम ओभरमा २६ रन चाहिएको थियो र धोनीले टोलीलाई जितको निकट पुर्याएका पनि थिए। तर,अन्तिम बलमा उनको टोली दुर्भाग्यशाली रह्यो।
‘यति कम अन्तरमा म्याच जितेकोमा खुशी लागेको छ। हामी थोरै अन्तरले हारेका पनि छौं। एमएस धोनीले त्यही गरे जसका लागि उनी उत्कृष्ट छन्।हामी सबैलाई उनले डराइदिए। अन्तिम बलसम्म पनि मलाई जित्छौ जस्तो लागेको थिएन। कति कुरा मनमा खेलेका थिए, थिए’, कोहलीले भने।
त्यस्तै कोहलीले नवदीप सैनीको पनि तारिफ गरे।
‘चेन्नई जस्तो टोलीको विरूद्ध उसले उम्दा बलिङ गर्यो। हामीले १९ औं ओभरमा राम्रो बलिङ गर्यौं। सैनीको यो पहिलो सिजन हो र उसको प्रदर्शन तारिफयोग्य छ’, कोहलीले भने।
सैनीले यस म।याचमा २४ रन दिदैं एक विकेट लिएका थिए। उनले १७ औं ओभरमा ८ र १९ ओभरमा केवल १० रन दिएका थिए।