पछिल्लो म्याचको हारको बदला लिन मैदानमा उत्रेको चेन्नई सुपर किङ्सलाई हैदराबादलाई हराउन सजिलो भने भएन।
सो म्याचमा चेन्नईका बलरहरूलाई हैदराबादका ब्याट्सम्यानहरूले १७६ रन बनाउँदै राम्रै तनाब दिए। हैदराबादको रेकर्ड हेर्दा चेन्नईका ब्याटसम्यानलाई गार्हो पर्ने देखिएको थियो तर शेन वाट्सनले उसका बलरहरूलाई गतिलो जवाफ फर्काए। ती बलरहरूको सूचिमा राशिद खान पनि परे।
वाट्सनबाट चुटिएपछि राशिदले एक अवसरमा उनलाई घुरेर हेरेको पनि देखियो। उनको यस हर्कतलाई क्रिकेटप्रेमीहरूले ट्रोल बनाएर मज्जा लिए।
जारी सिजनमा राशिद खानले शानदार बलिङ गरिरहेका छन्। उनले टोलीका लागि विकेट त लिइरहेका छन् नै , विकेट लिन नसक्दा राम्रो इकोनोमी निकालिरहेका छन्।
यस म्याचको आफ्नो पहिलो ओभरमा वाट्सनले मेडन दिए। एक ओभर मेडन सहेका वाट्नस त्यसपछि भने फर्ममा फर्किए। उनले एक-एक गरी हैदराबादका बलरहरूलाई विस्फोटक व्याटिङ् गर्दै आच्छुआच्छु पारे।
राशिदको पहिलो ओभरमा वाट्सनले १ चौका र १ छक्का प्रहार गरेर आफूले सो खेलमा देखाउन सक्ने उत्कृष्ट प्रदर्शनको छनक दिए। राशिदको दोश्रो ओभरमा वाट्सनले एक बलको मात्र सामना गर्न पाए। उनले राशिदलाई असली चुटाइ भने खेलको १४ औं ओभरमा गरे।
पहिलो दुई बलमा उनले लगातार २ चौका प्रहार गरे। त्यसपछि राशिदको फुलटसलाई स्वीप गरेर छक्का हानिदिए। त्यसपछि राशिदको धर्य टुट्यो। यस सटपछि क्रिजमा फर्किरहेका वाट्शनलाई राशिदले घुरेर हेर्दै गरेको देखियो। यस भिडियोलाई आईपिएलले सामाजिक संजालमा सार्वजनिक गर्यो।
यसपछि पनि वाट्नस रोकिएनन्। १६ औं ओभरमा पनि वाट्शनले राशिदको बलमा १ छक्का हानिदिए। यस ओभरमा उनले १५ रन जोडे।
वाट्नसलाई घुरेको भिडियोलाई चेन्नई र वाट्शनका फ्यानहरूले पचाएनन। उनीहरूले राशिदलाई उडाउँदै रमाइलो मेमेहरू बनाए।
स्मरण रहोस्, गत वर्ष आईपिएलको फाइनलमा पनि शेन वाट्शनले हैदराबादको विरूद्ध नै शानदार शतक हान्दै टोलीलाई आईपिएलको उपाधि दिलाएका थिए।
यस म्याचमा उनले कुल ११७ रन को पारी खेलेका थिए। सो सिजनमा पनि सुरूसुरूमा हैदराबादका बलरहरूले राम्रै चम्किएका थिए तर वाट्शनको अगाडी भूवनेश्वरदेखि लिएर राशिद खान बलिङमा लाचार देखिएका थिए।