घरेलु मैदानमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ।
शनिबार सम्पन्न खेलमा अंजिक्य रहाणे र लियाम लिविङ्स्टोनले बनाएको ३९ र ४४ रन को साथमा सन्जु स्यामसन नटआउट ४४ रनको पारी राजस्थानको जितको कारक बन्यो।
हैदरबादले राजस्थानलाई १६१ रनको लक्ष्य दिएको थियो जसलाई राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै हासिल गर्यो।
जितसँगै १० अंक जोडेको राजस्थान लिगको छैटौं स्थानमा पुगेको छ।
हिजो खेलमा टस हारेर ब्याटिङ्को निम्तो पाएको हैदरबादलाई राजस्थानका बलरहरूले खुलेर खेल्न दिएनन्।
उसका लागि मनिष पाण्डेले सर्वाधिक ६१ रन जोडे। यस्तै मध्यक्रमका ब्याटस्म’यानहरूले दोहोरो रन बनाउन सकेनन्। डेविड वार्नरले ३७ रन बनाउँदा केन विलियम्स १३ र विजय शंकर ८ रनमा आउट हुँदा दिपक हुड्डा शून्यमा पेभेलियन फर्किए भने सकिव अल हसन र ऋदिमान साह क्रमशः ९ र ५ रन बनाएर आउट भए। राशिद खान १७ रनमा नटआउट रहे।
राजस्थानका लागि श्रेयस गोपाल, जयदेव उनादकट, बरूण आरोन तथा ओशन थोमसले समान २-२ विकेट लिए।
त्यसपछि १६१ रनको लक्ष्य पछ्याउन आएको राजस्थानका लागि लियाम लिभिङस्टोनले २६ बलमा ४४ रन जोडे भने रहाणेले ३४ बलमा ३९ रन जोडे।
यसैगरी स्यामसनले ३२ बलमा नटआउट ४८ रन बनाउँदा स्टिभ स्मिथले २२ रनको योगदान दिए।
हैदराबादका लागि राशिद खान, खलिल अहमद तथा सकिब अल हसनले १-१ विकेट लिए।