दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ।
हारसँगै राजस्थानको यस सिजनको आईपिएल यात्रा सकिएको छ।
शनिबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको राजस्थानले दिल्लीलाई १ सय १६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य दिल्लीले १६.१ ओभरमा भेट्टाएको थियो।
दिल्लीका लागि रिसभ पन्तले नटआउट ५३ रन जोड्दा कप्तान श्रेयस अय्यरले १५, शिखर धवन १६, कोलिन इन्ग्राम १२ तथा सर्फानले ११ रन जोडे।
राजस्थानका लागि श्रेयस गोपालले तीन तथा इस सोढीले दुई विकेट लिए।
त्यसअघि राजस्थानले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले सर्वाधिक ५० रन बनाए। यस्तै लियाम लिभिङस्टोनले १४ र श्रेयास गोपालले १२ रनको योगदान दिंदा उसका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
दिल्लीका लागि इशान्त शर्मा र अमित मिश्राले ३-३ विकेट लिदां ट्रन्ट बोल्टले दुई विकेट लिए।
जितसँगै लिग चरणका सबै १४ खेल खेलिसकेको दिल्ली १८ अंकका साथ अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ। दिल्लीले प्लेअफमा पुगिसकेको छ।