यस सिजनको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेङ्लोरका कप्तान विराट कोहली मात्र १६ रन बनाएर आउट भए। उनी सनराइजर्स हैदराबादका बलर खलील अहमदको बलमा विकेटकिपर ऋदिमान साहाबाट क्याचआउट भए।
कोहलीलाई आउट गरेपछि त्यसको खुशी खलिलले बडो अनौठो ढंगले मनाए। त्यसपछि आफूलाई आउट गर्ने खलिललाई विराटले पनि त्यतिकै छोडेनन्। उनले म्याच पछि खलिललाई उडाए।
कोहलीले खलिलको शैलीको नक्कल उतार्दै उडाए। यसक्रममा विराट राम्रैसँग हाँसे। उनको यो हर्कतमा बेङ्लोरका अन्य खेलाडीले पनि आफ्नो हाँसो रोक्न सकेनन्। यो देखेपछि खलील लाजले पानीपानी भए। र यसको भिडोयो सामाजिक संजालमा भाइरल भइरहेको छ।