इण्डियन प्रिमियर लिगमा आफ्नो अन्तिम लिग खेल हारेपछि कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टोलीलाई परिस्थिति अनुसार ढल्किन आवश्यक रहेको बताएका छन्।
आइतबार चेन्नई पंजाबसँग ६ विकेटले पराजित भएको थियो।
‘म उनीहरूलाई यसको श्रय दिन्छु। यो सजिलो विकेट थिएन। ३ स्पिनरको साथमा पहिलो ६ ओभरमा खेल्न मुश्किल नै थियो। तर राहुलले वास्तवमै राम्रो खेले। उनीसँगै अन्तिममा पूरनले पनि अन्तिम ओभरमा राम्रो खेले। उनको तर्फबाट यो राम्रो प्रयास थियो’, धोनीले भने, ‘हामीले जे पनि गर्यौ, त्यो हामीलाई काम लागेन। सुरूवातमा केहि रन दिएपछि हामीले जसरी बलिङ गर्यौं त्यसबाट म खुशी छु। यदि एक खेल जितिएन भने विरोधी टिमलाई सकेसम्म धेरै ओभरसम्म खेलाउन सक्नुपर्छ। यो कुरालाई ध्यानमा राख्नुपर्छ।’
त्यसैगरी धोनीले जित्ने इच्छा राखे पनि विरोधी टोलीले राम्रो खेलेको अवस्थामा सोही अनुसारको सामंजस्यता राखेर अगाडी बढ्नुपर्ने बताएका थिए।