चेन्नई सुपर किङ्सका अलराउण्डर खेलाडी केदार जाधवले जारी आईपिएलमा ‘प्लेअफ’का खेल गुमाउने सम्भावना बढेको छ।
आइतबार पंजाबसँगको खेलमा उनी घाइते भएका थिए। चेन्नईका मूख्य प्रशिक्षक स्टीफन फ्लेमिङले जाधवले प्लेअफ खेल्ने सम्भावना कम रहेको बताएका हुन्।
‘भोलि उनको एक्स रे स्क्यानको नतिजा आउनेछ। हामी सकारात्मक सोचिरहेका छौं तर मलाई उनी यो सत्रमा देखिएलान जस्तो लागेको छैन। उनले असहज महशुस गरिरहेका छन। खास के हो भन्ने बारेमा भोलि थाहा हुनेछ। आशा छ धेरै गम्भिर मामिला नहोला तर उनी ठी देखिइरहेका छैनन’, फ्लेमिङले भने।
जाधव भारतको राष्ट्रिय टोलीमा पनि रहेकाले उनलाई प्लेअफका खेलमा नदेखिने सम्भावना छ। भारतिय क्रिकेट बोर्डले पनि विश्वकपको टोलीमा परेका आफ्ना खेलाडीको विशेष सतर्कता लिन भनेको छ। यस्तोमा उसलाई आईपिएलका थप खेल खेल्न बिसिसीआईले नदिन सक्छ। विश्वकपका लागि १ महिनाको समय बाँकी रहेको छ।
उनी खेलको १४ औं ओभरमा घाइते भएका थिए।