प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिता जेठ अन्तिम सातादेखि सुरू हुने भएको छ।
महाकाली स्पोर्ट्स सोसाइटीले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २८ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा सुरू हुने जानकारी दिएको हो।
सो प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहने छ।
जसमा सात प्रदेश र एक विभागीय टिमको सहभागिता रहने सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए ।
प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ।
विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएको छ।
प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।