बंग्लादेशका अलराउण्डर शाकिब अल हसन अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)को अलराउण्डर र्याङकिङको शीर्ष स्थानमा पुगेका छन्। शाकिबले हालै आयरल्याण्डमा खेलिएको त्रिकोणिय सिरिजमा शानदार खेल देखाएका थिए।
उनले सिरिजका ३ म्याचमा दुई अविजित अर्धशतक सहित १४० रन बनाएका थिए। यसका साथै उनले २ विकेट पनि लिएका थिए।
३५९ अंक जोड्दै ३२ वर्षिय शाकिव शीर्षस्थानमा रहेका छन्। उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै सो स्थान हत्याएका हुन्। यसैगरी तेश्रो स्थानमा ३१९ अंक सहित मोहम्मद नबी रहेका छन्।
यस सूचिमा पाकिस्तानका दुई खेलाडी शीर्ष १० मा रहेका छन्। सूचिको चारौं नम्बरमा इमाद वसीम छन् भने मोहम्मद हफिज सातौं नम्बरमा छन्।
यस्तै पाँचौ स्थानमा न्यूजल्याण्डका मिशेल सेन्टर छन् भने छैटौ स्थानमा इङ्ल्याण्डका क्रिस वोक्स छन्।
यसैगरी सूचिको आऔं, नवौं तथा दशौं नम्बरमा क्रमशः वेस्टि इण्डिजका कप्तान जैसन होल्डर, जिम्बाब्बेका सिकंदर रजा तथा श्रीलंकाका एन्जेलो म्याथुज रहेका छन्।