विश्वकप अघिको अभ्यास खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ८७ रनले पराजित गरेको छ।
यस खेलमा दक्षिण अफ्रिकी खेलाडीहरूले श्रीलंकाली खेलाडीभन्दा उत्कृष्ट खेल्दा श्रीलंकाका खेलाडी कडा प्रतिष्पर्धा गर्न संघर्षरतः देखिए।
टस हारेर ब्याटिंग गर्दै दक्षिण अफ्रीकाले श्रीलंकालाई ३३९ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको श्रीलंकाले २५१ रनमा सिमित भएपछि ऊ ८७ रनले पराजित भयो।
दक्षिण अफ्रिका लागि एन्डीले फेलुक्वायोले सर्वाधिक ४ विकेट लिदां लुंगी एनगिडीले २ विकेट लिए भने इमरान ताहिर, ड्वेन प्रिटोरिओस र जिन पौल डुमिनीले १/१ विकेट लिए।
श्रीलंकाका लागि कप्तान तथा ओपनर डिमुथ करुनारत्नेले सर्वाधिक ८७ रन जोडे भने एन्जेलो म्याथुजले ६४ तथा कुशल मेन्डीसले ३७ रन बनाए।
त्यसअघि ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाउँदा हाशिम अमलाले ६५, भान डर डुसेनले ४० रनको योगदान दिएका थिए।
श्रीलंकन बलर सुरंगा लक्मल र नुवान प्रदिपले समान २-२ विकेट लिए।