नेपाल पुलिस क्लबले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जित हासिल गरेको छ।
टियु मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक उपाधि उचालेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३३ दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय २५ रन मात्र बनाउन सक्यो।
पुलिसले ४० दशमलव ३ ओभरमा ६ विकेट गुमाएर १ सय २६ रनको लक्ष्य पूरा गर्यो।
ओपनर सुनिल धमलाले ४२ रन, अमित श्रेष्ठले ४४ रन र कप्तान मञ्जित श्रेष्ठ ११ रन बनाए।
आर्मीका करन केसीले ३, साहाब आलमले २ तथा सुसन भारीले एक विकेट लिए ।
उपाधिसँगै पुलिसले २० लाख रुपैयाँ पाएको छ भने उपविजेता आर्मीले १० लाख रुपैयाँ प्राप्त गर्यो।