जारी विश्वकपमा उत्कृष्ट खेल देखाउन नसकेको पाकिस्तान हिजोको खेलमा भारतसँग पराजित भएसँगै अप्ठ्यारो अवस्थामा पुगेको छ।
जितसँगै सेमिफाइनल खेल्ने भारतको समिकरण बलियो भए पनि पाकिस्तानको सेमिफाइनल यात्रा भने कठिन अवस्थामा पुगेको छ। पाँच खेलमा पाकिस्तानले आइतबारको खेलमा तेश्रो हार बेहोर्यो। वर्षाका कारण खेल रद्ध भएपछि एक खेलमा अंक बाँडेको पाकिस्तान इंल्याण्डविरूद्धको खेलमा मात्र विजयी भएको छ। यसरी ३ हार, एक बराबरी र १ जितसहित वर्तमान अंकतालिकामा ४ अंकसहित पाकिस्तान ९ औं स्थानमा रहेको छ।
पाकिस्तानको यस अवस्थाले उसको सेमिफाइनल यात्रा कठिन बनाएको हो। अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। यसका लागि कम्तीमा पनि ११ भन्दा बढि अंक हुनु जरूरी छ। यसका साथै रनरेटले पनि सेमिफाइनल समिकरणलाई प्रभावित तुल्याउने सम्भावना उत्तिकै छ।
त्यसैले अब पाकिस्तानले बाँकी चार खेलमा हरेकमा अनिवार्य जित हासिल गरेको अवस्थामा मात्र सेमिफाइनल पुग्ने सम्भावनालाई जिवित राख्नेछ। यी सबै खेल जित्दा उसले अधिक्तम ११ अंक जोड्नेछ। यसको मतलब उसका लागि हरेक म्याच 'गर या मर' को अवस्था हो। कुनै एक खेलमात्र हारेमा वा रद्ध भएमा पाकिस्तानको सेमिफाइनल पुग्ने आशामा तुषरापात हुने निश्चित जस्तै छ। त्यस्तै चारै खेल जिते पनि रनरेटले उसलाई समस्या पार्ने सम्भावना उत्तिकै प्रवल छ।
अब पाकिस्तानले २३ जूनमा दक्षिण अफ्रिकाको सामना गर्नेछ भने २६ जूनमा न्यूजिल्याण्डको सामना गर्नेछ। यी दुई टोलीसँगको खेल पाकिस्तानका लागि सहज हुनेछैन। यी दुबै टोलीलाई पराजित गर्ने कडा चुनौती उसलाई छ। यस्तै प्रतियोगितामा कमजोर मानिएका बंगलादेश र अफगानिस्तानसँग पनि उसले खेल्न बाँकी छ। यी दुबै टोली पाकिस्तानका लागि केहि सहज भएपनि नतिजा उल्टाउन माहिर यी टोलीसँग ऊ सर्तक हुनैपर्छ।
यसका अलावा पाकिस्तान सन् १९९२ को अवस्था पुनरावृत्तिमा भए सेमिफाइनल पुग्न सक्नेछ। बस यसका लागि वर्षाले अन्य टोलीको म्याच रद्ध भएर उनीहरूलाई पाकिस्तान मुताबिकको घाटा हुनुपर्यो।