भारतले अफगानिस्तान विरूद्धको खेलमा ११ रनको कठिन जित हात पार्यो।
जारी विश्वकपमा यो पहिलो खेल थियो जहाँ भारत संकटग्रस्त देखियो। खासगरी उसको ब्याटिङ कमजोर देखियो।
भारतका पूर्व भारतीय ब्याटस्म्यान सचीन तेन्तुलकर पनि यस खेलबाट सन्तुष्ट हुन सकेनन्। उनले महेन्द्र सिंह धोनी र केदार जाधवको आलोचना गरेका छन्। उनले दुबैको ब्याटिङमा सकारात्मकताको कमी देखिएको बताए।
'साँचो भन्नुपर्दा म थोरै निराश भएँ। ब्याटिङ राम्रो हुनसक्थ्यो। म केदार र धोनीको साझेदारीबाट बिराश भएँ। उनीहरू साझेदारी धिमा थियो' सचिनले भने, ' हामीले स्पिन बलिङको विरूद्ध ३४ ओभर ब्याटिङ गर्यौं र ११९ रन बनायौं। हामी सहज देखिएनौं। सकारात्मक रवैयाको कमी देखियो।'
यस खेलमा धोनी र जाधवले पाँचौ विकेटका लागि ८४ बल खेलेर मात्र ५७ रनको साझेदारी गरेका थिए। यसमा धोनीले २६ बलमा २४ रन बनाए भने जाधवले ४८ बलमा ३१ रन बनाए।
'हर ओभरमा २-३ देखि बढि डट बल भइरहेको थियो। मध्यक्रमका ब्याट्सम्यानलाई हुन त हालसम्म धेरै मौका मिलेको छैन। त्यसैले पनि उनीहरू दबाबमा थिए। यसका बाबजुत उनीहरूले राम्रो रवैया देखाउनुपर्थ्यो', सचिनले भने।
उनले यसमा धोनीको आलोचना गरे। उनले जाधवलाई ब्याटिङ मौका नमिलेकाले त्यसको जिम्मेवारी धोनीले उठाउनुपर्ने बताए। जाधवले यसअघि पाकिस्तानसँग खेलमा केवरल ८ बल खेल्न पाएका थिए।
'जाधव दबाबमा थिए। यसअघि उनले ब्याटिङको मौका पाएका थिएनन्। उनलाई सुरूदेखि त्यसको जिम्मेवारी उठाउने साझेदारको खाँचो थियो तर त्यस्तो भएन', उनले भने।