वेस्ट इण्डिजका महान ब्याट्सम्यान ब्रायन लारा अस्पताल भर्ना भएका छन्। छातीमा पीडा महसुस भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो।
लारा यस विश्वकपमा कमेन्टेटरको भूमिकामा सक्रिय रहेका छन्। उनलाई मुम्बईस्थित ग्लोबल अस्पिटलमा भर्ना गरिएको छ।
उनको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा केहि समयपछि 'हेल्थ बुलेटिन' जारी गरिने बताइएको छ।