आइसिसी क्रिकेट विश्वकप २०१९ मा श्रीलंकाले दक्षिण अफ्रिकासामु २०४ रनको लक्ष्य दिएको छ।
टस जितेको दक्षिण अफ्रिकाले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको श्रीलंका ३ बल खेल्न बाँकी छदा २०३ रनमा अलआउट भयो।
श्रीलंकाका लागि कुशल परेरा र अभिस्का फर्नान्डोले समान ३०-३० रन बटुले। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
बलिङमा दक्षिण अफ्रिकाका ड्वायन प्रेटोरियस र क्रिस मोरिसले ३-३ विकेट लिए। कागिसो राबाडाको नाममा २ विकेट रह्यो।
दक्षिण अफ्रिका यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ। श्रीलंकालाई सेमिफाइनल पुग्न जितको आवश्यकता छ।