इङ्ल्याण्डका पूर्व क्रिकेट कप्तान माइकल बानले भारतीय क्रिकेटको प्रशंसा गर्दै जारी विश्वकपमा जसले भारतलाई पराजित गर्छ उसैले विश्वकप जित्ने दाबी गरेका छन्।
'म यो कुरामा अडिग छु। जसले भारतलाई हराउँछ, त्यही टोलीले विश्वकप जित्नेछ', बिहिबार ट्वीटमा उनले लेखेका छन्।
जारी प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै छ। बिहिबार भएको उसको पछिल्लो खेलमा उसले वेस्ट इण्डिजलाई १२५ रनले पराजित गरेको थियो।
जारी विश्वकपमा ६ खेल खेलिसकेको भारतले ५ मा जित तथा एकमा वर्षाका कारण खेल रद्ध भएपछि अंक बाँडेको छ।
उ ११ अंकसहित अंकतालिको दोश्रो स्थानमा रहेको छ।