आयोजक इंग्ल्याण्डले जारी विश्वकपमा अपराजित भारतविरूद्ध बिस्फोटक सुरूआत गरेको छ।
एजबास्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले २१ ओभरको खेल हुँदा बिना कुनै क्षति १५५ रन बनाएको छ।
चोटपछि फर्किएका जेसन रोयले ५२ बलमा ६३ रन हानेका छन् भने जोनी बेयर्सटोले ७४ बलमा पाँच छक्कासहित ८७ रन बनाएका छन्।
अन्तिम चारमा पुग्न इंग्ल्यान्डलाई खेल जित्न आवश्यक छ। ८ अंक भएको इंंग्ल्यान्डले भारत र न्युजिल्यान्डसँग बाँकी रहेका आफ्ना खेल जिते १२ अंकसहित सेमिफाइनलमा पुग्नेछ।
भारत यो खेलमा विजयी भएर सेमिफाइन पुग्नेछ।