आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले भारतविरुद् शतक प्रहार गरेका छन्।
एजबास्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डका बेयर्सटोले ९० बलमा शतक प्रहार गरेका हुन्। त्यसक्रममा उनले ८ चौका र ६ छक्का हिर्काए। उनले विश्वकपमा पहिलो र एकदिवसीय खेलमा आठौं शतक हिर्काएका हुन्।
उनी १ सय ११ रन जोडे। उनले १०९ बल खेलेर १० चौका र ६ छक्का हिर्काए।
अन्तिम चारमा पुग्न इंग्ल्यान्डलाई खेल जित्न आवश्यक छ। ८ अंक भएको इंंग्ल्यान्डले भारत र न्युजिल्यान्डसँग बाँकी रहेका आफ्ना खेल जिते १२ अंकसहित सेमिफाइनलमा पुग्नेछ।
भारत यो खेलमा विजयी भएर सेमिफाइन पुग्नेछ।