आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्डले भारतलाई ३३८ रनको लक्ष्य दिएको छ।
एजबास्टनमा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले ७ विकेटको क्षति ३३७ रन जोड्यो।
इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले शतक प्रहार गरे। बेयर्सटोले ९० बलमा शतक प्रहार गरेका थिए। उनले विश्वकपमा पहिलो र एकदिवसीय खेलमा आठौं शतक हिर्काएका हुन्। उनी १ सय ११ रन जोडे। उनले १०९ बल खेलेर १० चौका र ६ छक्का हिर्काए।
ओपनर जासन रोएले ६६ रन जोडे। उनले ५७ बलमा ७ चौका र २ छक्का हिर्काए। जोए रुटले ४४ रन जोड्दा कप्तान इयान मोर्गान १ रन, जोस बटलर २० रन र क्रिस ओएक्स ७ रनमा आउट भए।
बेन स्टोक्सले ७९ रनको योगदान दिए। उनले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए। सामीले १० ओभरमा ६९ रन दिए। कुलदीप यादव र जसप्रित बुमराहले १-१ विकेट हात पारे। बुमराहले ४४ रन र कुलदीपले ७२ रन खर्चिए।
अन्तिम चारमा पुग्न इंग्ल्यान्डलाई खेल जित्न आवश्यक छ। ८ अंक भएको इंग्ल्यान्डले भारत र न्युजिल्यान्डसँग बाँकी रहेका आफ्ना खेल जिते १२ अंकसहित सेमिफाइनलमा पुग्नेछ।
भारत यो खेलमा विजयी भएर सेमिफाइन पुग्नेछ।