आइसिसी क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि अस्ट्रेलिया र भारतले अन्तिम चारमा स्थान पक्का गरेका थिए।
चौथो सेमिफाइनलिस्ट टिम न्युजिल्यान्ड हुने लगभग पक्का छ। तर एकदम पक्का भइसकेको भने छैन। पाकिस्तान गणितीय रुपमा अझै सेमिफाइनल पुग्नेछ। तर पाकिस्तानको सेमिफाइनल सम्भावना एकदमै कठिन छ।
अंक तालिकामा अस्ट्रेलिया (१४ अंक) शीर्ष स्थानमा छ। भारत (१३ अंक) दोस्रो र इंग्ल्यान्ड (१२ अंक) तेस्रो स्थानमा छन्। न्युजिल्यान्ड (११ अंक) चौथो र पाकिस्तान (९ अंक) पाँचौ स्थानमा छन्। अन्तिम खेलमा पाकिस्तानले बंगलादेशसँग खेल्दैछ। बंगलादेशलाई हराएको अवस्थामा पाकिस्तानको पनि ११ अंक नै हुनेछ। न्युजिल्यान्डसँग समान अंक हुँदा सेमिफाइनलको फैसला रनरेटको आधारमा हुनेछ।
इंग्ल्यान्डसँग पराजित भएपछि न्युजिल्यान्डको नेटरनरेट ०.१७५ मा झरेको छ। अन्तिम खेलअघि पाकिस्तानको नेटरनरेट -०.७९२ छ।
अन्तिम खेलमा खेलमा बंगलादेशले पहिले ब्याटिङ गरेमा पाकिस्तानको सम्भावना सकिनेछ। पहिले ब्याटिङ गरेको अवस्थामा भने सम्भावना हुनेछ।
रनरेटमा न्युजिल्यान्डलाई पछि पार्न अन्तिम खेलमा पाकिस्तानले कम्तिमा ३१६ रनको जिन निकाल्नु पर्ने विश्लेषण गरिएको छ। यसको मतलब
पाकिस्तानले पहिले ब्याटिङ गरेमा ४ सय रन बनाउनु पर्छ। त्यसपछि बंगलादेशलाई ८४ रनमै अलआउट गर्नु पर्ने हुन्छ।
यस्तै पाकिस्तानले पहिले ब्याटिङ गरेर ३ सय बनाएको अवस्थामा बंगलादेशलाई ० मा आउट गर्नु पर्ने हुन्छ।
पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित रहे पनि त्यो काजमै सीमित हुने विश्लेषण छ।