आइसिसी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ३११ रन जोड्यो।
उसका लागि शाइ होपले ७७ रन जोडे। इभिन लेभिसले ५८ रन जोड्दा निकोलास पुरनले पनि ५८ रन नै जोडे।
कप्तान जासन होल्डरले ३४ बलमा ४५ रन र शिमरन हेटमेयरले ३१ बलमा ३९ रन बटुले। कार्लोस बाथवेटेले ४ बलमा २ चौका र १ छक्कासहित नटआउट १४ रनको योगदान दिए।
बलिङमा अफगानिस्तानका दाउलात जार्डानले २ विकेट लिए।
दुवै टिम यसअघि नै बाहिरिसकेकाले खेल प्रतिष्ठाको लडाइँमा सीमित छ।