आइसिसी क्रिकेट विश्वकप २०१९ मा पाकिस्तानले बंगलादेशलाई ३१६ रनको लक्ष्य दिएको छ।
शुक्रबार लन्डनस्थित लार्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा ३१५ रन जोड्यो।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले १०० रन जोडे। उनले १०० बलमा ७ चौका हिर्काए। उनी हिट विकेट हुँदै पेभिलियन फर्किएका थिए। बाबर अजामले ९६ रनको योगदान दिए। त्यसअघि ओपनर फखर जमान १३ रनमा आउट भएका थिए।
मोहमद हफिजले २७ रन जोड्दा हरिस सोहिल ६ रनमा आउट भए। कप्तान सार्फराज अहमेद २ रनमा रिटायर्ड हर्ट भएका थिए। वाहेब रियाज २ रन र सादब खान १ रनमै आउट भए। इमाद वासिमले ४३ रन बटुले।
बलिङमा बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए। मोहमद सैफुदिनले ३ विकेट हात पारे।
अब सेमिफाइनलमा पुग्न पाकिस्तानले बंगलादेशलाई ७ रन वा सो भन्दा कम स्कोरमा अलआउट गर्नु पर्छ। जुन असम्भव जस्तै छ।
पाकिस्तान सेमिफाइनलमा नपुग्ने भएपछि अब न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ। यसअघि अस्ट्रेलिया, भारत र इंग्ल्यान्ड अन्तिम चारमा पुगिसकेका छन्।